एजेन्सी, १८ माघ । स्पेनिस ला लिग फुटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ ।शनिबार राति सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको रियल लेभान्टेसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
खेलको नवौं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटियो । तर, खेलको १३ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । खेलको ३२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई १–१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा रोजर्सले गोल गर्दै लेभान्टेलाई २–१ को जित दिलाए । हारसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडविरुद्ध अंक दुरी कम गर्ने मौका गुमाएको छ । लेभान्टे २६ अंक जोडेर तालिकाको नवौं स्थानमा उक्लिएको छ ।