रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ चैत १७ गते बाट हुने | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ चैत १७ गते बाट हुने

पोखरा, १७ माघ । रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ चैत १७ गते बाट हुने भएको छ ।पोखरा रंगशालामा हुने सो प्रतियोगिता २०७७ चैत १७ गते देखि चैत २८ गतेसम्म हुने भएको सहारा क्लवले शनिबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

प्रतियोगिता सञ्चालन गर्न समय तालिका अखिल नेपाल फुटबल संघ(एन्फा) बाट आयोजकलाई प्राप्त भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताउनुभएको छ ।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ आयोजना हुने उक्त प्रतियोगितामा आयोजक सहारा क्लब पोखरा सहित १२ टिम सहभागी हुने तयारीमा जुटेको आयोजकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार