बामदेवको नेकपा एकीकरण अभियान (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

बामदेवको नेकपा एकीकरण अभियान (भिडियोसहित)

नेकपा फुटनु अघिका पार्टि उपाध्यक्ष बामदेव गौतमले विभाजित पार्टिलाइ एकिकृत गराउने भन्ने अभियान घोषणा गरेका छन । सुन्दा मिठो लाग्ने यो अभियान कति सार्थक होला ? यो अभियानले फुटेको पार्टि जुटाउनेकी टुटेको मनलाइ जुटाउने भन्ने अहम सवालहरुमा कति सार्थक पृष्ठभुमि भेटेको छ ,त्यो त समयले बताउला तथापी पार्टि विभाजन भएको मन नपराउने पार्टि पङतीलाइ भने यस्ले केहि न केहि राहात दिएको देखिन्छ ।

त्यसो त कम्न्युष्ट पार्टि जुटदा र फुटदा जतिसुकै सैद्धान्तीक सवालहरुलाई अघि सारीय पनि वास्तविकता भने सिद्धान्त भन्दा बाहिर कुण्ठाग्रस्त राजनीति नै कारकको रुपमा रहने गरेको देखिन्छ । विगत देखिकै कम्न्युष्ट इतिहास पल्टयाउने हो भने जुटेको दिन संसारकै निर विकल्प राजनीतिक दोस्ती देख्ने अनि फुटेको दिन एकले अर्काको मुख समेत हेर्न नरुचाउने पद्धती नियमित जस्तै बन्ने गर्दछ ।

पार्टि जुटने जुटाउने भन्दा पनि मुख्य कुरा के को लागि जुटने के को लागि जुटाउने ? भन्ने विषयले प्रमुखता पाउनु उपयुक्त हुन्छ । तत्कालिन नेकपा एमाले र माओवादी सत्ता केन्द्रित राजनीतिमा सफल हुनको लागि जुटेका थिय । सिद्धान्त र कार्यगत पृष्ठभुमिको कसैले वास्ता गरेकै थिएन । जव पार्टि फुटयो त्यो पनि सत्ता केन्द्रित राजनीतिकै कारण बन्न गयो । समकक्षी नेताहरुमा पलाएको सत्तामोह अनि भागवण्डा गर्न नमिल्ने प्रधानमन्त्री को पद नै मुख्य रुपमा पार्टि फुटको कारण हो भन्ने कुरा कसैबाट छिपेको छैन ।

अव पार्टि जुटने भनेको कसरी र के को लागि अनि त्यसपछि के हुन्छ, ? भन्ने कुरा, जनमानसमा अलग प्रकारको प्रश्नले घर जमाइरहेको देखिन्छ । यदि उपाध्यक्ष वामदेव गौतमको अभियानले सार्थकता पायो भने त्यसको परिणाम फेरि खुमलटार र बालुवाटार को जुहारी बाहेक अरु केहि कुराको आशा गर्न सकिएला ? कि नसकिएला ? करिव करिव दुइभित्ता जस्तो बनेका नेकपाका दुइ अध्यक्षहरु को हात मिल्दा मन मिल्ला कि नमिल्ला ?

एकले अर्काेप्रति गर्ने चरम अविश्वासले देशलाइ निकास दिन सक्ला की नसक्ला ? राजनीतिमा सबै कुरा सम्भव छ भन्दैमा अहिले सम्म एकले अर्काेप्रति लक्षित गरि लगाएका आरोप प्रत्यारोपको पृष्ठभुमिमा ति आरोपहरु एक अर्काेले फिर्तालिय भन्दैमा हदै सम्म गएको विग्रहले राजनीतिक निकास पाउन सक्ला र ? पार्टि एकिकरण अभियान का अभियानकर्ताहरुले के वुझनु जरुरत छ भने अव देशले थाम्ने क्रा गरेर समय वर्वाद गर्न कसैलाइ पनि समय दिन सक्दैन । पद र प्रतिष्ठा मान र सम्मानको निमित्त हुने झगडा देशले थाम्न सक्दैन । देशलाइ निकास चाहिएको हो । विकास चाहिएको हो ।

राजनीतिक निकास विना विकास सम्भव छैन। विभाजित नेकपामा सम्पुर्ण नेता पङती एकातिर प्रधानमन्त्री केपी शर्मा ओली समुह अर्र्काेतिर देखिन्छन । नेतै नेताको समुहमा अहिले नै वादविवाद, प्रतिवादका नमिलेका शृङखलाहरु छरपस्ट बाहिर आउन थालि सकेका छन । विपरित धुर्वका राजनीतिककर्मिहरु जतीसुकै राजनीतिक अभ्यास गर्छु भन्दै विधिवत कुरा गरेपनि एक आपसमा मौलाउने राजनीतिक महत्वकाक्षांले उनीहरुलाइ जुटाइराख्न सम्भव होला भन्ने कुरामा कसैको पनि भरोषा देखिदैन ।

प्रधानमन्त्री केपी शर्मा ओली पिडित समुह गठन त होला तर त्यो सैदान्तीक र वैचारीक हिसावमा संगठित हुन सक्ला भन्ने मा भने अनेकौ आशंकाहरु देखिएका छन । तर प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समुहमा प्रधानमन्त्री ओलीका समकक्षी नेताहरु देखिदैनन । प्रधानमन्त्री ओलीले नै बनाएका दोस्रो र तेस्रो वरियतका नेताहरुले प्रधानमन्त्री ओलीलाइ राजनीतक रुपमा प्रतिबाद गर्न सक्ने अवस्था त्यति देखिदैन, यस्कै कारण यदि सर्वसम्मत रुपमा त्यो समुहले पार्टिको आकार लियो भने प्रधानमन्त्री ओली एकल नेतृत्वको रुपमा स्थापित हुने लगभग निश्चित नै छ ।

यसप्रकार स्थापित हुन पार्टि नेतृत्वले स्थापित हुने जनमत प्राप्त गर्न सक्यो भने थुप्रै राजनीतिक र विकासका गतिविधिहरुमा एकल नेतृत्व गर्दे देशलाइ निकास दिन सक्ने अवस्थामा आउन सक्छ । संबैधानीक रुपमा स्वीकार गरिएको र जनतालाई घाडो जस्तो भएको संघियता , धर्म निरपेक्षता जस्ता विषयहरुमा शान्दर्भिक परिवर्तनको निमित्त पनि एकल नेतृत्वको अवस्था आउनु जरुरत देखिन्छ ।

यहि सम्भावना प्रधानमन्त्री केपी शर्मा ओली समुहमा देखिएको ले नै जनताको उक्त समुहप्रति व्यापक समर्थन बन्दै गएको अवस्था जताततैको सभाहरुले देखाइरहेका छन । जे होस दुवै समुह मिल्दा हाता लाग्ने उपलब्धीले देशलाइ बन्धक बनाउनु भन्दा जे जसरी हुन्छ देशले निकास पाउने तर्फको अभियान आजको आवश्यकता हो । यसबाट मात्र देशले विकासमा उल्लेख्य प्रगती हासिल गर्न सक्दछ ।

Leave a Reply

ताजा समाचार