किन दिए समाजवादी पार्टीका सांसद डा. यादवले अचानक राजीनामा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

किन दिए समाजवादी पार्टीका सांसद डा. यादवले अचानक राजीनामा ?

पुष्पा पोखरेल
काठमाडौं, २९ साउन । समाजवादी पार्टी नेपालका सांसद डा. सुर्यनारायण यादवले सोमबार सभामुख कृष्णबहादुर महरा समक्ष राजीनामा दिनु भएको छ । सांसद यादवले पार्टिलाई जानकारी नै नदिइ राजीनामा दिएको पार्टीका केन्द्रिय सदस्यहरुले बताएका छन् ।

डा. यादव सप्तरी क्षेत्र न १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सांसद हुनुहुन्छ । राजीनामा पश्चात सांसद डा. यादव सम्पर्क विहिन हुनुहुन्छ । डा. यादव पेशाले चिकित्सक भएको कारण सांसद भइसकेपछि चिकित्सक पेशालाई अगाडी बढाउन नसकेको र जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै सांसद यादवले राजीनामा दिनुभएको समाजवादि पार्टि नेपालका केन्द्रिय सदस्यहरुको अनुमान छ ।

सांसद यादवले आफनो स्वास्थ्य अवस्था ठिक नभएको भन्दै सभामुख कृष्णबहादुर महरा समक्ष राजिनामा बुझाएको बताइएको छ । डा. यादवको राजनैतिक पृष्ठ भुमि भने होइनन ।

डा. यादव विगत दुई दशक यतादेखि चिकित्सक पेशामा लाग्दै आउनु भएको छ । डा. यादवको राजीनामाबारे समाजवादी पार्टीले केही भनेको छैन । सामाजिक संजालहरुमा भने पार्टीले राजिनामा फिर्ता लिन दबाब आएको समाचार सार्वजनिक भएको छ ।

राजीनामाबारे पार्टीको आधिकारिक धारणा नआएपछि आउंदो उपनिर्वाचनमा जनमत पार्टिका नेता डा. सिके राउतलाई उमेदवार बनाउन समाजवादि पार्टिले डा यादवलाई राजिनामा दिन लगाएको चर्चा सामाजिक संजालमा देखिन्छ ।

तर समाजवादि पार्टि भने यस विषयमा पार्टिमा कुनै कुरा नभएको र डा यादवलाई राजिनामा दिन पनि नलगाएको बताइएको छ । यदि डा. यादवको राजिनामा स्वीकृत भयो भने पनि पार्टि भित्रै विकल्प खोजिने तथा सिके रामउतलाई सांसद बनाउन राजिनामा दिन लगाइएको भन्ने कुरा गलत भएको समाजवादि पार्टिले बताएको छ ।

समाजवादी पार्टीका सांसद डा. सुर्यनारायण यादवले राजीनामा दिनु र पार्टीमा सल्लाह नभएको भन्नुले राजीनामा किन र केका लागि भन्ने थप रहस्य बढेको छ । राजिनामा दिएपछि सांसद सप्तरी जानु र फोन सम्पर्कमा नआउनुले पनि घटना रहस्यमयी बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);