महिला समानताको लागि बनेका कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : परराष्ट्रमन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

महिला समानताको लागि बनेका कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : परराष्ट्रमन्त्री

pradeep gywali

काठमाडौं, २९ साउन । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले, महिला समानताको लागि बनेका कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनु भएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संविधानले महिला हक तथा अधिकार सुरक्षाको लागि प्रशस्त कानुनी व्यवस्था गरेको बताउनु भएको छ ।

राजधानीमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले, समावेशी, समानुपातिकताको व्यवस्था, प्रजनन् अधिकार, सम्पति माथिको अधिकार जस्ता धेरै विषयमा महिलाको लागि बलियो संवैधानिक आधार तयार पारेको बताउनु भयो ।

कार्यक्रममा आगामी वर्षहरुमा महिला अधिकारको सवालमा लागि के के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा अधिकारकर्मी बन्दना राणा लगायतका वक्ताहरुले भएका कानूनको प्रभावकारी कार्यान्वयन र नयाँ बन्ने कानूनमा समय सापेक्ष सुधार आवश्यक भएकोमा जोड दिनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);