सर्वदलीय बैठक सम्पन्न, के–के कुरा भए ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सर्वदलीय बैठक सम्पन्न, के–के कुरा भए ?

काठमाडौं । कोरोना नियन्त्रणको विषयमा केन्द्रित भएको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

शनिबार बालुवाटारमा बसेको संर्वदलीय बैठक कोरोना नियन्त्रण लगायत तीन विषयमा केन्द्रित भएको हो । बैठकमा कोरोना माहामारी रोकथाम तथा नियन्त्रण, प्रतिनिधिसभा तथा विभिन्न स्थानीय तहहरुमा रिक्त रहेको पदहरुका लागि उपनिर्वाचन गर्ने र संसदलाई प्रभावकारी बनाउने विषयमा केन्द्रीत रहेको नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै परराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा सबै दलको एक मत रहेको बताए । नागरिकहरुलाई भिडभाड नगर्न अपिल गर्नुका साथै खोप अभियानलाई अझ प्रभावकारी बनाउनु पर्ने सबै दलको सहमति भएको उनले बताए ।

त्यसैगरी विभिन्न कारणले गर्दा प्रतिनिधि सभालगायत स्थानीय तहहरुमा रिक्त रहेको पद पुर्नवहालीका लागि उपनिर्वाचन संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगको निर्णय अनुसार सबै दलहरु सहभागी हुने सहमति भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

यसका साथै, संसद्लाई बन्धक नबनाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्नेमा पनि सबै दलको एक मत भएको मन्त्री ज्ञवालीले बताए । उनका अनुसार संसदलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विजनेस दिनु पर्ने विषयमा छलफल भएको छ । लामो समयदेखि अल्झिरहेको एमसीसीको विषयमा पनि संसदले छिटो टुंगोमा पु¥याउनु पर्ने उनको भनाई छ । उनले कसैको तजविजको अधिकार प्रयोग गरेर संसद विजनेसलाई रोक्न नमिल्ने बताए ।

साथै शुक्रबार कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्र शाहीलाई विश्वासको मत प्रदान गर्ने विषयमा प्रतिक्रिया दिंदै संसदीय प्रणालीमा फ्लोर क्रस अक्षम्य भएको उनको भनाई छ ।

यसअघि बैठकबाट बाहिरिएका राप्रपा अध्यक्ष प्रकाश चन्द्र लोहनीले भने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आफूलाई असहयोग भएको भन्दै गुनासो गरेको जानकारी दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);