परराष्ट्रका कर्मचारीले नेपाल-भारतबीचका पुराना दस्ताबेज लुकाएको माधव नेपालको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

परराष्ट्रका कर्मचारीले नेपाल-भारतबीचका पुराना दस्ताबेज लुकाएको माधव नेपालको आरोप

madhav kumar nepal

काठमाडौं, २९ साउन । पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले नेपाल– भारतबीच सिमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु लुकाएको आरोप लगाउनुभएको छ ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा पुर्व प्रधानमन्त्री नेपालले सरकारका कर्मचारीबाट नै पुराना दस्तावेजहरु लुकाउने काम भएको दाबी गर्नुभएको हो ।

उहाँले कर्मचारीको नियत र मुलुक प्रतिको उत्तरदायीत्व माथि नै शंका व्यक्त गर्नुभयो । राष्ट्रसेवक कर्मचारीहरुले अन्य देशको हितमा हुने गरि काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको भन्दै शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सिमा विवाद, विगतमा भएका असमान सन्धि सम्झौता, तटबन्ध, डुबान लगायतका समस्याको समाधान खोज्दा नेपालको हितमा हुने गरि खोजिनुपर्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);