तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठक सकियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठक सकियाे

काठमाडाैं । तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठक तेस्रो दिन विहिबार सकिएको छ । उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा मुख्य तिन एजेन्डामा छलफल भएको छ । पहिलो एजेन्डामा संगठन सुध्रिढिकरण तथा जागरण अभियान २०७८ र यसको कार्ययोजना पारीत गरीएको छ ।

जसअनुसार भाद्र १ देखि मंसिर मसान्तसम्म ४ महिनाको अवधिमा पार्टिको संगढन, समायोजन, जनजागरण र प्रशिक्षण सम्बन्धि कामको समापन गर्ने प्रवक्ता डम्बर खतिवडाले बताएको छ । साथै जसपाले कपिलवस्तु जिल्लाका पार्टि केन्द्रय समिती सदस्य नरसिंह चौधरीलाई अनुशासन आयोग प्रमुखका रुपमा नियुक्त गरेको छ ।

त्यसैगरी पार्टिभित्र आउन सक्ने अनुशासन सम्बन्धि समस्याहरुको समाधानका लागि नवराज सुवेदिको संयोजकत्वमा ५ सदस्सिय अनुशासन छानविन समिती समेत गठन गरीएको छ । प्रवक्ता खतिवडाले सरकारमा जानेबारे सैद्दान्तीक छलफल भएको तर पार्टि पङ्क्तिबाट कुनै ठोस निर्णय नआएको जानकारी दिए ।

यसअघि बुधबार बसेको बैठकले सरकारमा मन्त्री पठाउनेबारे निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको थियो ।

जसपाले सरकारमा जानका लागि न्युनतमा साझा कार्यक्रम, गठबन्धनको संस्कृती र सत्ता साझेदारी लगाएतका विषयलाई प्रथामिकतामा राखिएको समेत बताएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);