चीनविरुद्ध जमिअत उल्माए नेपालले बुझायो ज्ञापनपत्र | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

चीनविरुद्ध जमिअत उल्माए नेपालले बुझायो ज्ञापनपत्र

वीरगन्ज, ३ मंसिर । जमिअत उल्माए नेपालले जिल्ला प्रशासन कार्यालय पर्सामा चीनविरुद्ध ज्ञापनपत्र बुझाएको छ ।

चीनको उइगुरमा मुस्लिम समुदाय माथि दमन ,शोषण, र मानवअधिकार हनन तथा उल्लंघन भइरहेको विरुद्धमा बुधबार वीरगन्जको छपकैया २ मा रहेको यतीम खाना (अनाथ्लय) देखि घन्टाघर सम्म शान्तिपूर्व विरोध रैली निकाली नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्साका जिल्ला प्रमुख आसमान तामाग लाई ज्ञापनपत्र बुझाएको छ ।

जमिअत उल्माए नेपालका केन्द्रिय सह अध्यक्ष मौलाना अलि असगर मदनीको नेत्रुतवमा चीन सरकार विरुद्ध नेपाल सरकारमार्फत चीनमा उइगुरका मुस्लिमहरुप्रति भइरहेको अत्याचार, मानवअधिकारको हनन तथा उलंघन र शोषणको विरोध गरेको छ ।

विरोध कार्यक्रममा केन्द्रिय सचिव मौलाना अमिर हम्जा ,केन्द्रिय सदस्य मौलाना सबिर काश्मी, मुफ्ती जहुर, अहमद नोमानी, र जिल्ला पर्सा जमिअत उलेमा नेपाल अध्यक्ष कारी नेक महम्मद, सचिव मौलाना रफिक, त्यसै गरि जिल्ला बारा जमिअत उलेमाए नेपालका अध्यक्ष मौलाना सुलेमान, मौलाना अब्दुल कादिर , विद्यार्थीसंघ नेपाल जिल्ला पर्साको अध्यक्ष कारी अतिउल्लाह, सचिव मोहम्मद रिजवान, जिल्ला बारा को अध्यक्ष सगीर काश्मी सचिव मोहम्मद जावेद लगायत बिभिन्न मुस्लिम समुदाय का मुस्लिम अगुवाहरु को उपस्तिथी रहेको केन्द्रिय सह अध्यक्ष मौलाना अलि असगर मदनीले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);