महिला हिंसा र महँगीको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

महिला हिंसा र महँगीको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन

mahila himsa birodh

काठमाडौं, ८ असोज । नेपाल महिला संघले देशभर बढ्दै गएको महिला हिंसा र बढ्दो महँगीको विरोधमा ७७ ओटै जिल्लामा प्रदर्शन गरेको छ ।

नेपाल महिला संघले देशका ७७ वटै जिल्लामा देशभर बढ्दै गएको महिला हिंसा र बढ्दो महँगी जस्ता व्यतिथिकाविरूद्ध विरोध गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको हो । संघले उपत्यकाका तीनवटै जिल्लाको संयुक्त बिरोध रयाली समेत आयोजना गरेको थियो । संघकी अध्यक्ष उमा रेग्मीले बलात्कारपछि हत्या गरिएकी निर्मला हत्याका वास्तविक दोषीलाई सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको आरोप लगाए ।

जिल्ला प्रशासन कार्यालयले उक्त ज्ञापनपत्र आइतबार नै प्रधानमन्त्री कार्यालयमा पठाउने आश्वासन दिएको थियो । नेपाल महिला संघले महिला हिंसाका दोषीलाई कारबाही गरेर पीडितलाई न्याय नदिएसम्म र महँगी नघटेसम्म निरन्तर रुपमा आन्दोलन गर्ने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);