पत्रकार महासंघद्वारा भन्सार प्रमुखलाई कारबाही गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पत्रकार महासंघद्वारा भन्सार प्रमुखलाई कारबाही गर्न माग

mahasang siraha

सिरहा, १८ जेठ । नेपाल पत्रकार महासंघ सिरहाले जिल्ला भन्सार कार्यालय माडर सिरहाका कार्यालय प्रमुखलाई कारबाही गर्न माग गरेको छ ।

भन्सार प्रमुख राजेन्द्र हमालले सूचना माग्न पुगेका पत्रकार गणेश साह र सन्तोष यादवलाई दुर्व्यवहार गरेको भन्दै महासंघले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । महासंघ सिरहा अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको नेतृत्वमा गएको पत्रकार टोलिले प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);