बुटवल, १ कार्तिक । यातायात व्यवस्था कार्यालय रुपन्देहिले सवारी चालक अनुमति पत्र तथा वर्षदिन देखी रोकिएका परिक्षाहरु सञ्चालन गर्न सुरु गरेको छ । रोकिएको चालक अनुमति पत्र स्मार्ट लाइसेन्स वितरणलाई पनि निरन्तरता दिन थालको छ ।
लामो समयको बन्दाबन्दी खुले लगत्तै यातायात व्यवस्था कार्यालय बुटवलले रोकिएका प्रयोगगात्मक परिक्षाहरु सुरु गरेको हो । लामो समयको धैर्यता पछि ट्रायल परिक्षामा सहभागी हुन आएका लिला बहादुर राना जस्तै अन्य सेवाग्राहीहरु पनि हर्षित देखिन्छन् ।
हेर्नुहोस भिडियो :