४४ पटक ट्राफिकको कारबाहीमा परेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

४४ पटक ट्राफिकको कारबाहीमा परेपछि…

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिरमा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँचपटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

निलम्बनका लागि पठाइएका सबैभन्दा धेरै कारवाहीमा एकजना ४४ पटक, ३५ पटक कारवाही एकजना, २४ पटक परेका तीनजना, १४ पटक परेका एकजना, १२ पटक परेका सातजना, सातपटक परेका दुईजना र ६ पटक कारवाहीमा परेका ४५ जना गरी ६० जना छन् ।

उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको ट्राफिक विभागले जनाएको छ । ट्राफिक नियम उल्लघंन गरिरहने चालकहरुबाटै सवारी दुर्घटना भएको तथ्यांकले समेत देखाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);