झन्डै २ अर्ब ऋण लगानीमा बनेको चोभार बन्दरगाह प्रयोगविहिन अवस्थामा ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

झन्डै २ अर्ब ऋण लगानीमा बनेको चोभार बन्दरगाह प्रयोगविहिन अवस्थामा ( भिडियो रिपोर्ट )

विद्या तामाङ \ माउटेण्न टिभी एचडी।

काठमाडौँ , पौष ०१ । सुख्खा बन्दरगाहको रटान धेरै भयो । तामझामका साथ प्रधानमन्त्री शेरबहादुर देउवाले गत वर्षको चैत्र २२ मा उद्घाटन गर्नुभयो। विश्व बैंकको एक अर्ब ५३ करोड रूपैयाँ ऋण सहयोगमा निर्माणमा भएको चोभारस्थित सुख्खा बन्दरगाहमा हालसम्म ५७ वटा कन्टेनरमात्र भित्रिएका छन् । दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक पार्किङ गर्न सकिन्छ। पाँच सयसम्म कन्टेनर राख्न मिल्ने गरी बनाइएको छ। तर, रित्तो जस्तै छ। गत आर्थिक वर्षमा १८ वटा कन्टेनर बन्दरगाहबाट भित्रिएका छन् ।

चालु आर्थिक वर्षको मंसिर महिनाको अन्तिम सातासम्म आइपुग्दा ३९ वटा कन्टेनर मात्र भित्रिएको चोभार भन्सार विभागको तथ्यांक छ। डेनमार्कका लागि ऊन र अष्टे«लियाका लागि अचार बोकेको जम्मा दुईवटा कन्टेनर निर्यात भएको छ। लत्ताकपडा जुत्ता, धागो आयात भएको छ भने तिहारको समयमा विजुलीका सामान पनि भित्रिएको भन्सार विभागले जनाएको छ। कन्टेनर भन्सारबाट भित्रिन ४ दिनको प्रक्रिया लाग्ने भएकाले पनि व्याापारीहरुले झन्झिटलो मान्ने गरेका छन् ।

गत आर्थिक वर्षमा ३ करोड ५९ लाख राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको मंसिर महिनाको अन्तिमसम्म ७ करोड ५४ लाख ४ हजार राजस्व असुली भएको छ। १२ जना भन्सार अधिकृतको दरबन्दी भएपनि कर्मचारी जान आलटाल गर्दछन् । अर्कातिर ढुवानी भाडा र समय बढी लाग्ने भएकाले पनि कन्टेनर आउन हिच्किचाउने गरेका छन् । यद्यपि आएको कन्टेनरलाई तत्कालै निकासी गर्ने गरेको दाबी भन्सार विभागको छ।

कर्मचारी अभाव, राजमार्ग बल्खुबाट केही किलोमिटर भित्र प्रवेश गर्नुपर्ने भएकाले र छोटो दुरीको फास्ट ट्रयाक निर्माण समयमै सम्पन्न नहुँदा पनि भन्सारसम्म पु¥याउन असहज भएको व्यापारीहरु गुनासो गर्छन् । अबौँ ऋण लगानी गरेर निमार्ण भएको प्रयोगविहीन देखिएको यस बन्दरगाह सञ्चालनका लागि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);