१७ जनाको ज्यान गएको काभ्रे बस दुर्घटनापछि... ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१७ जनाको ज्यान गएको काभ्रे बस दुर्घटनापछि… ( भिडियो रिपोर्ट )

सन्दिप रिजाल \ माउन्टेन टेलिभिजन अचडि।

काठमाडौँ पौष ०१ । सिल्लेका यी घरहरुमा सन्नाटा छ । झ्यालढोकाहरु बन्द अवस्थामा छन् । घरमूली निर्मला तामाङ्गसहित परिवारका ८ जना बेथानचोक बस दुर्घटनामा ज्यान गुमाउन पुगेपछि आँसु बगाउने पनि कोही छैन । दुई छोरा, बुहारी, नाति, दुई नातिनीबुहारी र एक पनातिसहित निर्मला अब कहिले घर फर्कनेछैनन् । वैदेशिक रोजगारीमा गएका दुई नातिको पर्खाईमा छन् उनीहरुका शवहरु , गाउँमा सन्नाटा छ। शोकले कसैको बोली फुट्न सकेको छैन । यतिसम्मकी निर्मलासहित ८ जनाको मृत्युको वियोगमा आँसु खसाल्ने परिवारका सदस्य कोही अस्पतालमा जीवनका लागि संघर्षरत छन् । २७ मंसिरमा काभ्रेको बेथानचोक गाउँपालिका च्याल्टे पुगेर ब्रतबन्धमा सहभागी भई फर्कने क्रममा साँझ त्रासदीपूर्ण दुर्घटनामा परे। बा ३ ख ४३८५ नम्बरको बस मोडको भित्तामा ठोक्किएर बल्ट्याङ खाँदै भीरमा खसेको थियो । परिवारका अधिकांश सदस्य गुमायो निर्मला तामाङको परिवारले । जसका कारण घरमा वत्ती बाल्ने सम्म कोही छैन । ७९ बर्षीया निर्मला तामाङ, ५५ वर्षीय छोरा कुमार तामाङ्ग, ५० वर्षीय छोरा आकुर र बुहारी हेमा तामाङ्ग, ३० बर्षीय नाति बुद्ध, नातिनी बुहारीहरु २८ र २७ बर्षीय मञ्जु र कोपीला, र पनाति ११ बर्षीय पुस्कर तामाङ्गको अन्तिम संस्कार नातिहरु विदेशबाट फर्किएपछि गर्ने तयारी छ।

घटना हुँदा बसमा सवार समेत कसरी दुर्घटना भयो भन्ने बोल्न सकिरहेका छैनन् । होस खुल्दा आफूलाई अस्पतालमा पाएको सम्म बताउँछन् सन्तबहादुर तामाङ्ग ।

३९ जना सवार बसको अन्तिम सिटमा सुतेर बसेका थिए ३० बर्षीय सन्तबहादुर तामाङ । हजुरआमा र ठूलबाको परिवारमा परेको शोकमा र्चुर्लुम्म डुबेका देखिन्छन् । मनमा त्रासले अझै ठाउँ बनाएको देखिन्छ । घटनामा २ जना मात्र सामान्य अवस्थामा भेटिए । २० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । उनीहरु जीवनका लागि संघर्षरत छन् । सल्ले गाउँले यसअघि कहिले नभोगेको पीडाको भारी बोकेको छ , पीडाको घाउ पुरिन निकै समय लाग्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);