एजेन्सी, १९ असोज । सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिइने भएको छ । सोमबार एक कार्यक्रमका बीच स्विडिस एकेडेमीले चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो । यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिइएको हो ।
हार्भी र राइस अमेरिकी नागरिक हुन् भने हटन बेलायती नागरिक हुन् । विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा ११ लाख १८ हजार अमेरिकी डलर दिइनेछ । पुरस्कार विजेता तीनै जानाले हेपाटाइटिस सी लाग्नुको कारण तथा उपचार विधि पत्ता लगाउँदै लाखौं मानिसहरुको जीवन जोगाएको स्विडिस एकेडेमीले बताएको छ ।
यसका साथै यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर ६, रसायनशास्त्रतर्फको अक्टोबर ७, साहित्यतर्फ अक्टोबर ८, शान्तिका लागि अक्टोबर ९ र अर्थशास्त्रका लागि अक्टोबर १२ मा विजेता घोषणा गरिनेछ ।