यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री थालरलाई | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

एजेन्सी, २४ असोज । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई प्रदान गरिने भएको छ ।

नोबेल पुरस्कार समितिले अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकाको चिकागो विश्वविद्यालयका अर्थशास्त्री थालरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।

सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमी जस्ता मानव व्यवहारले व्यक्तिगत निर्णय तथा बजारका गतिविधिलाई कसरी प्रभावित तुल्याउँछन् भन्ने बिषयमा गरेको खोजमूलक अध्ययनका लागि थालरलाई पुरस्कृत गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

 

ताजा समाचार