पानीभन्दा पनि पेट्रोल सस्तो भएको देश, जहाँ भोकभोकै मर्छन् जनता | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

काठमाडौं, २४ असोज । करीब एक वर्षदेखि भेनेजुएलामा आर्थिक मन्दी छाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य खस्केकाले भेनेजुएलामा पनि आर्थिक संकट परेको छ। संसारको सबभन्दा ठूलो तेल उत्पादक भेनेजुएलामा पानीभन्दा सस्तो छ तेल।

ग्लोबल पेट्रोल प्राइज डट्कमका अनुसार, यतिखेर त्यहाँ तेलको मूल्य प्रतिलिटर एक रुपैयाँ छ। पानी चाहिँ यहाँ ५६ रुपैयाँ प्रतिलिटरमा पाइन्छ। आर्थिक मन्दीका कारण भेनेजुएलाको राजधानी काराकास कै मानिसहरू भोकभोकै पर्न थालेका छन् । यो माथिको फोटो एड्रियाना नामक महिलाको हो । उनी फोहोरको डंगुरमा खाना खोजिरहेकी छन्।

 

एड्रियानाका अनुसार, उनीसँग आफ्नो र आफ्नी दुई वर्षीया छोरीको पेट भर्ने पैसा छैन। एड्रियाना बच्चीसँग यसैगरी अर्काको घरबाहिर फ्याँकिएको फोहरबाट खाना निकाल्छिन् । धेरै मानिसको हालत एड्रियानाको जस्तै छ।

 

काराकासमा नालीबाट मानिसहरू धातुका चीज बटुलिरहेका पनि भेटिन्छन् । ती चीज बेचेर उनीहरू केही पैसा कमाउन चाहन्छन्। यसका लागि उनीहरू दिनभरि फोहरमा समय बिताउँछन्। त्यसैले गर्दा धेरै मानिसलाई मलेरिया र डेंगु जस्ता गम्भीर रोग लागेका छन्। देशभरिका अस्पतालमा बिरामीको संख्या बढेको छ र औषधिको अभाव छ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि