विश्वकप छनोट अन्तर्गत नेपालका बाँकी तीन खेल स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

विश्वकप छनोट अन्तर्गत नेपालका बाँकी तीन खेल स्थगित

एजेन्सी, २८ साउन । कोरोना संक्रमणको कारण विश्वकप फुटबल छनोट २०२२ अन्तर्गत नेपालका बाँकी तीन खेल स्थगित भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियन फुटबल महासंघ एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरिएको बुधबार जानकारी दिएका हुन् । एएफसीले कोरोना महामारीका कारण धेरै देशले छनोट खेल गर्न नसक्ने भएको जनाउँदै स्थगित गरेको हो ।

यो एसियाकप छनोटको खेल पनि हो एएफसीले नयाँ मिति कोरोनाको महामारीको परिस्थिति हेरेर तय गरिने जनाएको छ । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ । यस अघि नेपालले दशरथ रंगशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने तालिका तय थियो । नेपालले असोज २२ गते चाईनिज ताईपेसँग, त्यसको ५ दिनपछिनै अष्ट्रेलियासंग कात्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका थियो । समूह ’बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।

चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । नेपालले विश्वकप छनोटमा लागि भदौ १ गतेबाट प्रशिक्षण थाल्ने तयारी समेत गरेको थियो । जसको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको कोरोना परिक्षण समेत गरेको थियो ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);