खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन

सोलुखुम्बु, २ असार । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको मंगलबार बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित ३९ बर्षिय शेर्पाको गाउँपालिकाकै वडा नम्बर २ लुक्लास्थित घरमा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार घरैमै आराम गरिरहनु भएको शेर्पाको उनको मंगलबार बिहान निधन भएको हो । उहाँले राजधानीको ललितपुरस्थित निदान अस्पतालमा उपचार गराइरहाुभएको थियो ।

केही समययता शेर्पा घर फर्केर आराम गरिरहनु भएको थियो । जातीय संस्कार सकेर उहाँको तीन दिनपछि अन्तिम संस्कार गरिने जनाइएको छ ।

शेर्पा स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट उम्मेवार भइ गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । स्वर्गीय शेर्पा विकासपे्रमी व्यक्तिका रुपमा चिनिनु भएको स्थानीय पासाङ काजी शेर्पाले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);