हिमाल सफाई अभियानकर्ता आङकाजीसहित ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हिमाल सफाई अभियानकर्ता आङकाजीसहित ३ जनाको मृत्यु

sagarmatha

काठमाडौं,९ जेठ । सगरमाथा आरोहणको क्रममा ३ जनाको मृत्यु भएको छ । सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित ३ जना आरोहीको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

ओखलढुंगा निवासी शेर्पाको सगरमाथाको बेसक्याम्प २ मा क्याम्प म्यानेजरको रुपमा नेतृत्व लिएकै अवस्थामा निधन भएको हो । सफाई अभियानमा प्रयोग भएका सामान फिर्ता गर्ने तयारी गर्दैगर्दा उनी अचेत भएका थिए ।

उनको सोमबार नै निधन भएको सेनाले जनाएको छ । सेनाको हेलिकप्टरबाट काठमाडौंमा उनको शव ल्याएर परिवारलाई बुझाइएको छ । उनीसँगै निधन भएका अन्य २ जनाको शव पनि परिवारलाई बुझाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);