आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, ७ असोज । विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाको ५ असोजमा काठमाडौं जोरपाटीस्थित आफ्नो छोरीको घरमा निधन भएको थियो ।

शेर्पाको टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । उहाँको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);