एजेन्सी, २२ जेठ । बुधबार राति भएको खेलमा फ्रान्कफर्टले भेरडाआ ब्रेमेनविरुद्ध ३–० गोलको सहज जित दर्ता गरेको हो । ब्रेमेनको मैदानमा भएको खेलमा फ्रान्कफर्टलाई जिताउन स्टेफान इल्शंकरले २ गोल गरे भने आन्द्रे सिल्भाले एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा तीन गोल गर्दै फ्रान्कफर्टले तीन अंक बटुलेको हो । खेलको ६१ औं मिनेटमा आन्द्रै सिल्भाको गोलबाट पाहुना टोली फ्रान्कफुर्टले अग्रता लिएको थियो ।
स्टेफन इलसान्करले ८१ औं मिनेटमा फ्रान्कफुर्टको अग्रता दोब्बर बनाएका थिए । खेलको अन्तिम मिनेटमा इल्सान्करले ब्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित गरे ।
जितसँगै अंक तालिकाको ११ औं स्थानमा रहेको फ्रान्कफर्टले ३५ अंक बनाएको छ भने २५ अंक रहेको ब्रेमेन १७ औं स्थानमा छ ।




