आइसोलेसनमा उपचारत व्यक्तिको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आइसोलेसनमा उपचारत व्यक्तिको मृत्यु

death body

प्रकाश नेपाल, पाल्पा, २० जेठ । आईसोलेसनमा रहेका एक जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय रामबहादुर दिशा रहेका छन् ।

रामबहादुर दिशाको युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मंगलवार मृत्यु भएको हो । उनको स्वाव परीक्षणको रिपोर्ट नआएकाले कोरोना सक्रमणबाट मृत्यु भएको हो वा होईन भन्ने अझै पुष्टि हुन सकेको छैन् ।

मृतक दिशा मगरलाई सास फेर्न कठिन भएको, सुख्खा खोकी देखिएको कोरोनासंग मिल्दोजुल्दो लक्ष्ण रहेको मिसन अस्पतालका प्रशासकिय प्रमुख जीवन भट्टराईले बताउनुभयो । मृतक दिशा मगर पुर्वखोला गाउँपालिका १ सिलुवा घर भई वडा २ जल्पाको शम्भु माविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

दिशाको स्वास्थ्य अवस्था विग्रदै गएपछि हिजो सोमवार मात्र उनलाई मिसन अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो । भारतको मुम्वईबाट गाउँपालिका आएका दिशा १८ गते क्वारेन्टाइनमा पुगेका थिए ।

मृतक दिशा मगरको हिजो नै स्वाव संकलन गरी परीक्षणको लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाएको र मृत्यु पछि पुनःस्वाव संकलन गरी परीक्षणको लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);