कोरोनाको खोप निर्माणमा ८ अर्ब अमेरिकी डलर जुटाउन सहमति, अमेरिका र रुसले भाग लिएनन् | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

कोरोनाको खोप निर्माणमा ८ अर्ब अमेरिकी डलर जुटाउन सहमति, अमेरिका र रुसले भाग लिएनन्

corona mecine

एजेन्सी, २३ वैशाख । विश्वका विभिन्नबीच कोरोना भाइरसको खोप निर्माणमा ८ अर्ब अमेरिकी डलर जुटाउन सहमति भएको छ ।

यूरोपियन यूनियनको पहलमा आयोजित अनलाइन सम्मेलनमा सहभागि विभिन्न ४० मुलुक र दातृ निकायहरुबीच कोरोना भाइरसको खोप निर्माणमा ८ अर्ब अमेरिकी डलर जुटाउन सहमति भएको हो । खोप निर्माणका लागि स्थापना गरिएको कोषमा यूरोपियन कमिसनले एक अर्ब डलर सहयोगको घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सहयोग गर्नेमा राष्ट्रसंघ, दातृ निकायलगायतका ३० भन्दा बढी मुलुक छन् ।

फ्रान्स, जर्मनी र साउदी अरेबिया प्रत्येकले ५०–५० करोड यूरो, जापानले ८० करोड डलर र पप गायिका म्याडोनाले ११ लाख डलर सहयोग गर्ने वचन दिएका छन् । सम्मेलनबाट संकलन भएको मध्ये चार अर्ब ४० करोड अमेरिकी डलर खोप निर्माणका लागि, दुई अर्ब डलर उपचारको खोजीका लागि र एक अर्ब ६० करोड डलर खोपको परीक्षणका लागि छुट्याइएको छ ।

सम्मेलनमा अमेरिका र रुसले भने भाग लिएनन् । युरोपियन कमिशनकी अध्यक्ष उर्सुला भोन डेर लायेनले सहयोग जुटेको रकमले कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानमा अत्यावश्यक सहकार्यलाई अघि बढाउने बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);