लकडाउनको कारण पशुपती र बौद्ध स्तूपा क्षेत्र सुनसान | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

लकडाउनको कारण पशुपती र बौद्ध स्तूपा क्षेत्र सुनसान

pasupati area

काठमाडौं, १० वैशाख । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको कारण काठमाडौंको पशुपतीनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान छन् । सधैं भिडभाड रहने विश्व सम्पदा सूचिमा समेत रहेको हिन्दु धर्मावलम्बिहरुको शक्तिपिठ आराध्यदेव पशुपती नाथको मन्दिर क्षेत्र लकडाउनको कारण सुनसान छ ।

मन्दिर भित्र नियमित पूजा सञ्चालन भएपनि बाहिरबाट जाने भक्तालुहरुलाई प्रवेशमा रोक लगाइएको छ । मन्दिरको मुख्य प्रवेशद्धार सँगै अन्य ढोकाहरुमा पनि ताला लगाइएको छ । पशुपती क्षेत्रको केही ठाउँमा थालिएको निर्माण कार्यमा भने लकडाउनको असर परेको छैन । निर्माण कार्य भइराखेको छ ।

यस्तै निकै भिडभाड हुने अर्को धार्मिक स्थल बौद्ध क्षेत्र पनि सुनसान छ । विश्व सम्पदा सूचिमा रहेको पर्यटकीय स्थल बौद्ध महाचैत्य स्तूपा लकडाउनका कारण सुनसान छ । बौद्धमार्गीहरुको आस्थाको केन्द्र रहेको स्तूपामा हुने नियमित पूजा भने रोकिएको छैन् । तर नियमित पूजाका लागि बाहिरबाट भक्तालुहरुको प्रवेश भने हुन सकेको छैन ।
boudha area

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);