पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित

काठमाडौं, ८ चैत । पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ ।

नियमित पूजा भने यथावत रहेको छ । सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित भएको हो । कोरोना जोखिमको कारण नियमित पूजाका लागि जाने भक्तालुहरुको संख्या पनि कम हुँदै गएको छ ।

नियमित पूजाका लागि २५ जना भन्दा बढी नपठाउने र निश्चित दुरीको फरकमा पूजामा जाने व्यवस्था पशुपतिनाथ क्षेत्र विकास कोषले गरेको छ । मन्दिर परिसरमा ठाउँठाउँमा स्यानिटाइजर राखिएको छ भने हात धुने व्यवस्था पनि मिलाइएको छ ।

पशुपतिनाथ मन्दिरमा १ हजार १ सय रुपैयाँ देखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ । मन्दिर वरीपरी सामान्य अवस्थामा निकै भिडभाड हुने गरेकोमा अहिले सुनसान जस्तै देखिन्छ । पशुपतिनाथ क्षेत्र विकास कोषले नियमित रुपमा गर्दै आएको आरति पूजालाई समेत स्थागित गरेको छ ।