बुबा विदेशमा, आमाले छाडेर हिँडेपछि बालिकाहरू अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बुबा विदेशमा, आमाले छाडेर हिँडेपछि बालिकाहरू अलपत्र

balbalika

काठमाडौं, ८ वैशाख । लकडाउनका वेला आमाले डेरामा छाडेर हिँडेपछि ललितपुरमा दुई बालिका अलपत्र परेका छन् । ६ वर्षीया लक्ष्मी थामी र अनुषा थामी अलपत्र परेका हुन् । उनीहरूका बुबा विदेशमा छन् भने आमाले गत महिना कोठामा छाडेर हिँडेपछि उनीहरूको बिचल्ली भएको हो ।

प्रहरीले गोदावरी नगरपालिकामार्फत उनीहरूलाई राहत उपलब्ध गराएको छ । रामेछापको दोरम्बा स्थायी घर भएका उनीहरूलाई रेखदेख गर्ने व्यक्ति नहुँदा समस्या भएको छ । यतिवेला संघसंस्थाले पनि बालबालिका लिन नमान्ने गरेका छन् । अभिभावक नहुँदा उनीहरू समस्यामा रहेको र नगरपालिकामार्फत राहत उपलब्ध गराइएको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्णराज ओझाले बताए । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);