मस्जिदमा लुकिछिपी बसेका सङ्क्रमितको यात्रा वृत्तान्त अध्ययन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मस्जिदमा लुकिछिपी बसेका सङ्क्रमितको यात्रा वृत्तान्त अध्ययन

corona virous

काठमाडौं, ८ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिदमा लुकिछिपी बसेका १६ जनामध्ये १२ भारतीयसहित १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले उनीहरूको विगतको यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) गहन अध्ययन थालेको छ ।

प्रहरीको प्रारम्भिक अध्ययन अनुसार सङ्क्रमितको समूह मोरङ, सुनसरी, सप्तरी र उदयपुरका विभिन्न मस्जिदमा चार महिना बिताएको पाइएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार यात्रा वृत्तान्तसँगै त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिद आसपासमा रहेका मुस्लिम समुदायका ५३ परिवारका करिब छ सय जनाको स्वास्थ्य परीक्षण थालिएको छ ।

नमुना परीक्षण गर्ने क्रममा शनिबार पहिलो चरणमा ६९ जनाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय गाईघाटले जनाएको छ । प्रहरीका अनुसार भारतबाट आएकाको रेलको टिकट, अन्य कागजपत्र र बयानका आधारमा प्रहरीले बनाएको प्रारम्भिक यात्रा वृत्तान्त अनुसार १२ भारतीय नागरिक चार महिनाअघि नै विराटनगर आएका थिए ।

गत डिसेम्बर १० अर्थात् मङ्सिर २४ गते उनीहरू दिल्लीबाट रेल मार्फत जोगवनी नाका भएर नेपाल आएको प्रारम्भिक अध्ययनले देखाएको प्रहरीले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भक्तिविलास पोखरेलले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);