काँधमा नाम्लो लिएर मालबाहक सवारीसाधनको पर्खाइमा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

काँधमा नाम्लो लिएर मालबाहक सवारीसाधनको पर्खाइमा !

namlo

मदन विक
बाजुरा, २९ चैत । लकडाउन थपिँदै गएपछि बाजुरामा दैनिक ज्यालामजदुरी गरेर गुजारा गर्दै आएको समुहलाई जिविकोपार्जनका लागि कठिन भएको छ । सरकारले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन निर्देशन दिएपनि गुजारा चलाउनका लागि यहाँका स्थानीयहरु भने बजारका गल्लीमा काँधमा नाम्लो लिएर मालबाहक सवारी साधनको पर्खाइमा बसेको भेटिन्छन् ।

सरकारद्धारा जारी लकडाउनले कोरोना नियन्त्रणका लागि त पक्कै महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ, तर लकडाउनले ज्यालामजदुरी गर्ने तथा विपन्न बर्गमा ल्याएको समस्याले पनि उत्तिकै विकाराल रुप लिन थालेको छ । बाजुरामा पनि मजदुरी गरी जिविकोपार्जन गर्नेहरुलाई लकडाउन संगसंगै समस्या पनि थपिंदै गएको छ ।

लकडाउनको समयमा अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नपाइए पनि उनीहरु कामको आशामा बाहिर निस्कन बाध्य छन् । दिनभरी मालवहाक गाडीबाट साहुको सामान बोकेर दिनमा १ सय बढी कमाई गरेर खाने वर्गलाई लकडाउनले गर्दा समस्या भएको मजदुरहरु बताउँछन् ।

यता स्थानीय तहहरुले भने जो वास्तविक गरिव छन् र दैनिक ज्याल मजदुरीमा गुजारा चलाउँदै आएकाहरुको पहिचान गरी राहत वितरण गरिने जनाएको छ ।

बाजुरा जिल्ला कृषि पेशामा आश्रित जिल्ला हो । यहाँका स्थानीयहरुले आफ्नो खेतबारीमा फलाएको अन्नबालीबाट करिव ३ महिनासम्म मात्रै परिवारको गुजारा चलाउन सकिने कृषि ज्ञान केन्द्र बाजुराको तथ्याक रहेको छ । यहाँका कतिपय स्थानीयहरु परिवारको दैनिक जोहो गर्नका लागि छिमेकी मुलक भारतका विभिन्न शहरमा दिनरात ज्याला मजदुरी गर्ने गरेका छन् । त्यसैले यस्तो समयमा काम गरेर आम्दानी गर्न नपाएपछि उनीहरुको जिवनी निकै कष्टकर बनेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);