काँग्रेस कपिलवस्तुद्वारा विपन्न नागरिकलाई राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काँग्रेस कपिलवस्तुद्वारा विपन्न नागरिकलाई राहत वितरण

garib ko ghar ma congress

कपिलवस्तु, २९ चैत । नेपाली काँग्रेस कपिलवस्तुले जिल्लाका बिपन्न नागरिकका लागि “काँग्रेस गरिबको घरमा” अभियान सञ्चालन गरी राहत वितरण गरेको छ ।

अभियान अन्तर्गत कपिलवस्तु काँग्रेसको क्षेत्रिय समिती, नगर समिती भातृ संगठन नेपाल तरुण दलको जिल्ला कार्य समिती र नेपाल बिद्यार्थी संघको क्षेत्रीय समितीको अगुवाईमा कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रका ३ सय ५० बढी बिपन्नलाई गाँउ टोलमै पुगी राहत वितरण गरिएको हो । संकटका बेला सबै मिलेर सहयोग गर्न आवश्यक रहेको भन्दै गरिब र बिपन्नलाई चामल, दाल, तेल र नुन लगायतको आवश्यकिय सामाग्री बाडिएको हो ।

गरिब र बिपन्नका लागि तत्कालीन राहतका लागि चलाईएको राहत बितरण अभियानलाई राष्ट्रियस्तरमै बिस्तारको आवश्यकता रहेको पार्टीका नेताहरु बताउँछन् ।

राहत बितरणका लागि खटिएको टोलीले पार्टीको झण्डा लगायतको सामाग्री प्रयोगमा ल्याएको छैन भने राहत बितरणमा समेत सामाजिक दुरी कायम गरिएको भेटिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);