बाढी पीडितलाई अब आफू खुशी राहत वितरण गर्न नपाईने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

३० साउन, काठमाण्डौँ । बाढी पहिरो प्रभावित क्षेत्रहरुमा राहत प्रदान गर्नको लागि गृह मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन समितिको संयोजक तोकेको छ ।

यससँगै अब एनजीओ/आईएनजीओ तथा विभिन्न संघ-संस्थाले आफूखुसी राहत वितरण गर्न नपाउने भएका छन् । सोमबार बसेको दैवी प्रकोप उद्धार समितिको बैठकले राहत वितरणमा एकद्वार नीति लागू गर्ने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री जनार्दन शर्माले एकद्वार नीति लागू गर्न एनजीओरआईएनजीओलाई आफूखुसी राहत बाँड्न नदिन निर्देशन दिएका हुन् ।

राहत सामाग्री (त्रिपाल, भाँडाकुडाँ), चामल, नुन, तेल, ड्राइफुड लगायत नयाँ लत्ताकपडा उपलव्ध गराउन इच्छुक निजी कम्पनी, सामुदायिक संघ संस्था तथा व्यक्तिहरुले राहत संकलन संयोजन समितिका संयोजकसंग समन्वय गरी काठमाण्डौं थापाथलीमा रहेको नेपाल खाद्द संस्थानको गोदाम घर वा विश्व खाद्द कार्यक्रम (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामघर)मा गृह मन्त्रालयबाट खटिएका कर्मचारीहरुलाई हस्तान्तरण गर्नुपर्नेछ ।

 

विगतमा आफू खुशी राहत वितरण गर्दा सहज हुने ठाउँमा बढी राहत पुग्ने र असहज हुने ठाउँमा राहत नपुग्ने गरेकाले समान वितरणको लागि यस्तो गरिएको सहसचिव न्यौपानेले ईमाउन्टेनलाई जानकारी दिए । उनले भने – ‘राहत वितरण गर्न इच्छुक हुने संघ, संस्था तथा व्यक्तिले राहत संकलन संयोजन समितिका संयोजकसंग समन्वय गरी तोकेको जिल्लामा मात्र राहत वितरण गर्नुपर्नेछ  ।’

 

बैठकले १० दिनभित्र बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिको विवरण संकलन गरिसक्न निर्देशनसमेत दिएको छ । क्षतिको विवरण संकलन गर्दा निजी र सरकारी सम्पत्तिको छुट्टाछुट्टै मूल्यांकन गर्न तथा घरको विवरण संकलन गर्दा पक्की, कच्ची, टिनको छानो वा खरको छानो कस्तो छ त्यसलाई स्पष्ट खुलाउनुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);