जापानमा कोरोनाभाइरसको सङ्क्रमण बढ्यो, अमेरिकामा एक महिनासम्म सावधानी | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

जापानमा कोरोनाभाइरसको सङ्क्रमण बढ्यो, अमेरिकामा एक महिनासम्म सावधानी

china bars

एजेन्सी , १७ चैत । कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट युरोप र अमेरिका प्रभावित भएको बेला पूर्वी एशियाली देश जापानमा एकै दिन फेरि धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ । त्यहाँ कोरोनाभाइरस परीक्षण सुविधा विस्तार नगरिएकोले भाइरस फैलिएको हुन सक्ने चिन्ता व्यक्त गरिएको थियो।

राजधानी टोक्योमा एकै दिनमा सर्वाधिक धेरै व्यक्तिमा कोरोनाभाइरस पाइएको छ। त्यहाँ ६८ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो । जापानभरि कुल १७३ जानमा सङक्रमण देखिएको छ ।

छिमेकी दक्षिण कोरिया र चीनमा जस्तो जापानमा भाइरसबाट जोगिन धेरै सावधानीका उपायहरू अवलम्बन गरिएको छैन। घरमै बस्न गरिएको अनुरोधलाई धेरै टोक्योवासीहरूले बेवास्ता गरिरहेको पाइएको छ ।

यसैबीच जापानी सञ्चारमाध्यमले विदेशी नागरिकहरूलाई देश भित्रिन नदिने घोषणा सरकारले गर्न सक्ने बताएका छन् । यसअघि नै चिनियाँ र दक्षिण कोरियाली नागरिकलाई जापान आउन निषेध गरिएको छ। अब युरोप र अमेरिकाबाट आउनेलाई पनि निषेध गर्ने सम्भावना छ।

अमेरिकामा थप सतर्कता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस फैलिने त्रासबीच देशमा लगाइएका आपत्कालीन प्रतिबन्धहरूको एप्रिल महिनाको अन्त्यसम्म जारी रहने बताएका छन्।

त्यस्तो घोषणा गर्दै ट्रम्पले दुई सातामै आफ्नो अडान फेरेका हुन्। त्यसअघि उनले देशका व्यापार व्यवसाय बन्द नभएर ती दुई सातापछि नै खुल्नुपर्ने अडान राखेका थिए।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अमेरिकामा कोभिड-१९ का बिरामीको सङ्ख्या एप्रिलको मध्यतिर चुलिने आकलन गरेको सुनाए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);