युरोप र एसियाभर देखियो वर्ड फ्लू | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

युरोप र एसियाभर देखियो वर्ड फ्लू

एजेन्सी । पछिल्लो समयमा युरोप र एसियाभर वर्ड फ्लू देखा परेको छ । प्राणीहरुको स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य संगठन (ओआइई) ले पछिल्लो समय एसिया र युरोपका अधिकांश देशहरुमा वर्ड फ्लू्र देखिएको जनाएको छ ।

वर्ड फ्लू्रको सबैभन्दा बढी असर दक्षिण कोरियामा देखिएको छ । वर्ड फ्लूकाकारण दक्षिण कोरियामा ७ लाख ७० हजार कुखुरा नष्ट गरिएको विवरण सार्वजनिक भएको छ । त्यस्तै, उत्तरपूर्वी जापानमा पनि फ्लूको महामारी देखिएको छ । जापानमा सन् २०२१ को हिउँदपछि पहिलो पटक वर्ड फ्लू्र देखिएको हो । 

त्यस्तै, नर्वेका सात हजार चराचुरुङ्गीमा वर्ड फ्लूको नयाँ भेरियन्ट एच५एन१ देखिएको छ । जंगली हाँसमा वर्ड फ्लू्रको उच्च भेरियन्ट देखा परेपछि बेल्जियम सरकारले कुखुरालाई घरभित्रै राख्न निर्देशन दिएको छ । त्यस्तै, फ्रान्स र नेदरल्यान्डमा पनि फ्लू नियन्त्रणका विभिन्न कदम कदम चालिएका छन् ।

भारत र मध्येपूर्वका केही क्षेत्रमा पनि वर्ड फ्लू्र देखिएको छ । चीनमा जुनमा पहिलो पटक वर्ड फ्लूको नयाँ भेरियन्ट एच१०एन३ भाइरस देखिएको थियो । चीनमा एच५एन६ एभियन इन्फ्ल्युन्जाका २१ ओटा घटना देखिएका छन् । 
 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);