बालुवाभित्र सेक्स स्पट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बालुवाभित्र सेक्स स्पट

एजेन्सी । पर्यटन क्षेत्र प्रायः देशका लागि अर्थतन्त्रको मेरुदन्ड हो । जुन देशले जति विदेशी पर्यटक आकर्षित गर्न सक्छ त्यति नै विदेशी मुद्रा त्यो देशले आर्जन गर्न सक्छ । पर्यटन क्षेत्रबाट फाइदा मात्र होइन, यसले नकरात्मक असर पनि गर्छ । जस्तैः पर्यटकहरूको बढ्दो गतिविधिले विश्व प्रसिद्ध स्थलहरु दिनहुँ जोखिममा परेका छन् । पर्यटकीय भिडका कारण केही स्थानको मौलिकता गुमेको छ । त्यसको ज्वलन्त उदाहरण युरोपको एउटा टापु बनेको छ । पयर्टकहरुको यौन क्रिडास्थल बनेपछि युरोपको एउटा आरक्षण र तटीय किनारा कुरूप बनेको छ । 

स्पेनको टापु ग्रान क्यानरिअमा रहेको डुनास डी मासपालोमास आरक्षण क्षेत्र पर्यटकहरुकै कारण विनाश हुँदैछ । वालुवाको ढिस्काका लागि प्रख्यात सो क्षेत्रलाई सन् १९८२ देखि संरक्षण गरिएको थियो । केही वर्षअघिसम्म अफ्रिका र युरोपबाट त्यहाँ ठूलो संख्यामा चराचुरुङ्गी बसाइँ सरेर आउथे ।

जर्नल अफ इनभाइरोमेन्टल म्यानेजमेन्टमा प्रकाशित एउटा अध्ययनअनुसार  सो टापुको तटीय किनार प्रदूषित हुनुमा यौन सम्पर्कका गतिविधि जिम्मेवार छ । अनुसन्धानकर्ताहरूले तट वरपर २९८ ‘सेक्स स्पट’ फेला पारेका थिए । प्रायः सेक्स स्पट झाडी र वनस्पतियुक्त क्षेत्रमा भेटिएका थिए । 

बालुवाभित्र सेक्स स्पट
पर्यटकहरुको बढ्दो गतिविधिले दुर्लभ वनस्पति र विरुवाको विनाश भएको छ । पर्यटकहरुले झाडीका विरुवालाई अस्थायी बार बनाएर लुक्ने स्थान बनाएका थिए ।  
चुरोट, कन्डम, ट्वाईलेट पेपर, वाइप र क्यानका कारण स्थल दुर्गन्धित बनेको छ । बालुवाको थुप्रोलाई उनीहरुले शौचालयको रुपमासमेत प्रयोग गरेका छन् । अनुसन्धानकर्ताहरुले पर्यटकहरुले दिशा पिसाब गर्ने स्थल पहिचान गरेका छन् । 

अनुसन्धानकर्ताहरुले अधिकांश सेक्स स्पोटमा फोहर सामाग्री फेला पारेका थिए । आरक्षण क्षेत्रभित्र राखिएका फोहर फाल्ने झोला भरिएका थिए । 

सर्वसाधरणलाई जान प्रतिबन्ध लगाइएका क्षेत्रमासमेत ५६ ओटा सेक्स स्पट भेटिएका थिए । पर्यटकहरुका गतिविधिका कारण आरक्षण क्षेत्रमा वातावरण शिक्षा पनि लागू हुन सकेको थिएन् । सुरुमा वातावरणमैत्री शिक्षा प्रदान गर्ने उदेश्यले सो आरक्षण खडा गरिएको थियो । 

आनन्द लुट्न आरक्षण क्षेत्रभित्र पसेका पर्यटकहरुले छोडेको कन्डमहरु खाएकै कारण एउटा छेपारोको मृत्यु भएको अनुसन्धान टोलीका लेखक प्याट्रिक हेस्प बताउँछन् । 

हरेक वर्ष १ करोड ४० लाख पर्यटक पुग्ने ग्रान क्यानरिया समलिंगीमैत्री पर्यटकीय गन्तव्य हो । अमेरिका, वेलायत र जर्मनीका अधिकांश पयर्टक त्यहाँ पुग्छन् । तटीय वालुवाका थुप्रा सामुद्रिक तटको अपरिहार्य अंश हो । तर, सो क्षेत्रलाई विश्वभरका पर्यटकहरुलाई आकर्षणका लागि प्रयोग गरिएको छ । पयर्टकहरुको  बढ्दो गतिविधिले विनाशकारी परिणाम ल्याउने विज्ञहरु बताउँछन् । त्यहाँको विनाश धेरै हदसम्म पर्यटन विकासको परिणामसँग सम्बन्धित भएको उनीहरू बताउँछन् ।  

अनुसन्धानकर्ता हेस्प लेख्छन्, ‘सेक्सका लागि प्रयोग हुने सार्वजनिक स्थल बन्द गर्न आह्वान गर्दैनौं । तर, यसले पु¥याउने क्षतिप्रति सर्वसाधारणको ध्यान जाओस भन्ने चाहन्छौं ।’ अनुसन्धान पत्रमा भनिएको छ, ‘एउटा जोडीले सो क्षेत्रमा यौन सम्पर्क गर्नु सामान्य कुरा हो । तर सयांै मानिस एउटै क्षेत्रमा एउटै प्रयोजनका लागि जानु पर्यावरणका दृष्टिले घातक छ । ’ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);