भारतमा बतासको वेग झै फैलियो कोभिड, २४ घन्टामा साढे दुई लाख संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा बतासको वेग झै फैलियो कोभिड, २४ घन्टामा साढे दुई लाख संक्रमित

एजेन्सी । भारतमा कोभिड संक्रमण हावाको वेग झै फैलिएको छ । पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ४७ हजार कोभिड संक्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ ।

भारतमा २८ राज्य र युनियन टेरिटोरिज गरी पाँच हजार ४८८ जनामा ओमिक्रोन देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोभिडबाट ३८० जनाको मृत्यु भएको छ । कोभिडबाट सबैभन्दा बढी केरेलामा १९९ जनाको मृत्यु भएको छ । त्यस्तै, कोभिडबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ । 

महाराष्ट्रमा ४६ हजार ७२३ जनामा कोभिड देखिएको छ । कोभिडबाट राजधानी नयाँ दिल्ली पनि प्रभावित छ । दिल्लीमा कोभिडबाट पछिल्लो २४ घन्टामा साढे २७ हजारको मृत्यु भएको छ ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);