२५ चैतसम्म लकडाउन र सीमा बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

२५ चैतसम्म लकडाउन र सीमा बन्द

kathmandu lockdown

काठमाडौँ, १७ चैत । सरकारले थप एक साता लकडाउन लम्बाउने र सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि २५ चैतसम्म यसलाई निरन्तरता दिने निर्णय भएको सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।सरकारले गत ११ चैतदेखि लकडाउन लागू गरेको हो ।

२५ चैतपछि पनि अवस्था हेरेर थप निर्णय हुन सक्ने एक मन्त्रीले बताए । बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना रोकथामलाई प्रभावकारी बनाउन कोरोना– १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गर्ने निर्णय गरेको छ । सेन्टरमा गृहमन्त्री, स्वास्थ्यमन्त्री,अर्थमन्त्री, उद्योगमन्त्री, संघीय मामिलामन्त्री सदस्य छन् । सुरक्षा निकायका प्रमुख पनि यसका सदस्य छन् ।

‘यो टिमले सरकारले जारी गरको आदेशहरू, क्वारन्टाइन, आइसोलेसन अस्पताल निर्माणसम्बन्धी निर्णय कार्यान्वयन गराउने, शान्तिसुरक्षा कायम राख्ने र खासगरी संक्रमणलाई नियन्त्रित अवस्थामा राख्ने गरी काम गर्नेछ,’ मन्त्री खतिवडाले भने । उपप्रधानमन्त्री पोखरल नेतृत्वमा रहेको उच्चस्तरीय समितिका निर्णयहरूसमेत सेन्टरमार्फत कार्यान्वयन हुनेछन् । यसअघि यस्तै प्रकृतिको एक्सन टिम मुख्यसचिवको नेतृत्वमा थियो । त्यो अब निष्क्रिय हुनेछ ।  नयाँ पत्रिका दैनिकमा लेखेको लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);