काठमाडौं, ८ फागुन । पद्मा मिडिया ग्रुप अन्तर्गतको आईटी शाखा माघ महिनाको उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । पद्मा मिडिया ग्रप अन्तर्गतका विभिन्न शाखा मध्ये उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा आईटी शाखा सम्मानित भएको हो ।
पद्मा मिडिया ग्रुपका कर्पोरेट डाइरेक्टर निर्जल श्रेष्ठले उक्त शाखाका प्रमुख राजन दवाडीलाई पुरस्कार राशीसहित सम्मान गर्नु भएको छ ।
पद्मा मिडियाले हरेक महिना शाखाहरु मध्ये उत्कृष्ट छनौट गरी पुरस्कृत गर्न सुरु गरेको हो । यस्तो कार्यले कर्मचारीमा काम प्रती उत्प्ररणा प्रदान हुने कार्यकारी निर्देशक निर शाहले बताउनुभयो ।