प्रधानमन्त्री ओलीले डाके सत्तारूढ दलहरूको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

प्रधानमन्त्री ओलीले डाके सत्तारूढ दलहरूको बैठक

 

२०८१,१०,१४

सत्तारूढ दलहरूको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
बैठकमा यही माघ १८ गतेबाट सुरु हुने संसदको हिउँदे अधिवेशन, संसदमा लगिने विधेयक र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ। सरकारले ल्याएका अध्यादेशलाई लिएर सत्तारूढ दलका नेताहरुले फरक–फरक अभिव्यक्ति दिइरहेका छन्। विपक्षी दलहरुले विरोध गरिरहेका बेला सत्तापक्षको समान धारणा बनाउने प्रयास गर्न लागिएको हो।

सरकारमा हाल नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टी सहभागी छन्।

Leave a Reply