बुवाको कुटाईबाट छोरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बुवाको कुटाईबाट छोरीको मृत्यु

woman dead

झापा, २ फागुन । झापाको शिवसताक्षी नगरपालिकामा बुवाको कुटाइबाट छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका – ९ निवासी २६ वर्षीया रेखा ठटाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार मादक पदार्थ सेवन गरेर ४६ वर्षीय बुवा भीमवहादुर ठटालले छोरीलाई हिजो गम्भीर घाइते बनाएका थिए । घाइते रेखाको आज उपचारका क्रममा बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका ठटालले लौराले विहीवार मरणासन्न हुने गरी छोरीलाई कुटपिट गरेको र स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै पुगेको प्रहरीको टोलीले घाइतेलाई अस्पताल ल्याएको र छोरीलाई कुटपिटमा सम्लग्न ठटाललाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);