काठमाडौं, २७ माघ । सोमबार शेयरबजार परिसूचक नेप्से ४दशमलव २८ अंकले बढेर एक हजार तीन सय २४ दशमलब दुई ६ अंकमा पुगेको छ । १ सय ७५ कम्पनीका २३ लाख ६० हजार ५ सय ८४ कित्ताशेयर १० हजार ९ सय ७९ पटकको कारोबारबाट ९३ करोड २० लाख ८६ हजार ५५ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०दशमलव ५७ अंकले बढेर २ सय ८१ दशमलब ६ दुई अंकमा पुगेर बन्द भएको छ । सोमबार जलविद्युत, वित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहबाहेक सबैको सूचक उकालो लागेको छ । शिवम् सिमेन्ट्सको सबैभन्दा बढी १३ करोड ६६ लाखको कारोबार भएको छ ।
सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ८दशमलव १० प्रतिशतले कमाएका छन । सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ८दशमलव १० प्रतिशतले कमाउँदा एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार शेयरका लगानीकर्ताले सबैभन्दा बढी ७दशमलव ३६ प्रतिशतले गुमाएका छन् ।