प्रदेश २ का ८ जिल्लामा मतदान सुरु, ३६ हजार ९ सय ९३ उम्मेद्वार मैदानमा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

प्रदेश २ का ८ जिल्लामा मतदान सुरु, ३६ हजार ९ सय ९३ उम्मेद्वार मैदानमा

काठमाडौं, २ असोज । स्थानीय तह निर्वाचन अन्तर्गत आज प्रदेश नम्बर २ का ८ जिल्लामा अहिले बिहान ७ बजेबाट मतदान प्रक्रिया शुरु भएको छ। ती जिल्लामा पर्ने १ सय ३६ स्थानीय तहमा मतदानको अवधी साँझ ५ बजेसम्म छ।

निर्वाचनबाट प्रदेश नम्बर २ का स्थानीय तहबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चयन हुने छन् । जसका लागि ३६ हजार ९ सय ९३ उम्मेद्वार मैदानमा छन्। प्रदेश नम्बर २ का ८ जिल्लामा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन्।

मतदानका लागि २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएका छन्। मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यी स्थानीय तहमा ७० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

निर्वाचन जारी यी ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन्। दुई दशकपछि हुन थालेको स्थानीय निर्वाचनमार्फत् जनप्रतिनिधि चयन गर्न मतदाताहरु बिहान सबेरैदेखि लाम लागेका हुन्। मतदानका लागि अधिकांश मतदान केन्द्रहरुमा बिहानैदेखि मतदाताको लाम लागेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);