रुपन्देही, २२ माघ । काठमाडौं बाहिर हुने क श्रेणीको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता २०७६ फागुन ८ गतेदेखि शुरु हुने भएको छ ।
यो गोल्डकप २२ औं संस्करण हो । रुपन्देही जिल्ला फुटबल संघले बुटवलको एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा गोल्डकपको आयोजना गर्न लागेको हो । बुधबार जिल्ला फुटबल संघ रुपन्देहीले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
प्रतियोगितामा मनाङ मर्स्याङदी क्लब, श्रीस्टार, नेपाल पुलिस, नेपाल आर्मी, जावलाखेल, एपीएफ्, रुपन्देही ११ लगायतका टिम सहभागी हुने रुपन्देही जिल्ला फुटबलसंघका अध्यक्ष दिर्घबहादुर केसीले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेतालाई १० लाख ५१ हजार, उपविजेतालाई ७ लाख ५० हजार नगद उपहारको व्यवस्था गरिएको छ । फागुन १८ सम्म संचालन हुने प्रतियोगितामा भारतका ३ टिम पनि सहभागि हुनेछन् ।