विश्वकप लिग २ मा अमेरिका र ओमान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्वकप लिग २ मा अमेरिका र ओमान भिड्दै

oman vs usa

काठमाडौं, २३ माघ । आईसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत नेपालमा जारी त्रिदेशीय श्रृंखलामा आज अमेरिकाले ओमानसँग खेल्दैछ । किर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा मानले टस जितेर पहला बलिङ गर्ने निर्णय गरेको छ ।

लिग दुईमा सहभागि सात देशमध्ये अमेरिका शीर्ष स्थानमा छ । उसले आठ खेलबाट १२ अंक बनाएको छ । ओमान दोस्रो स्थानमा छ । उसले सात खेल खेलेर १० अंक बनाएको छ । त्यसैले आजको भिडन्त शिर्ष स्थानम रहेका दुबै टोलीको लागि निकै महत्वपूर्ण रहेको छ ।

दुवै टिम गत वर्ष भएको डिभिजन २ मा एकदिवसीय मान्यता पाएपछि लिग–२ का लागि छनोट भएका थिए । ७ राष्ट्र सहभागी लिग–२ मा हरेक टिमले ३६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छन् । शीर्ष ३ मा रहने राष्ट्रले सिधै सन् २०२३ को विश्वकप छनोटमा स्थान बनाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);