नेपाल टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

नेपाल टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा

ACC cricket

काठमाडौं, १० माघ । सन् २०२१ भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय त्रिकेट काउन्सील आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने भएको छ । आईसीसीले २०२१मा हुने टी–ट्वान्टी विश्वकपका लागि निकालेको मार्गचित्र अनुसार नेपालले सिधै ग्लोबल छनोट खेल्ने मौका पाएको हो ।

यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपको पुछारमा रहेका चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीहरुसहित नेपाल, जिम्बावे, युएई र हङकङले ग्लोबल छनोटमा सोझै खेल्ने आईसीसीले जनाएको छ ।

ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले २०२१ को टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाउन पाउने छन् । ग्लोबल छनोट सन् २०२१ को मार्च देखि जुलाई सम्म हुनेछ ।

गत संस्करणमा नेपाल रिजनल छनोटमै पराजित भएपछि ग्लोबल छनोटमा पुग्न सकेको थिएन् । रिजनल छनोटमा नेपालले कतार र सिंगापुरससँग हार बेहोरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);