वामदेवलाई पार्टीमा भित्र्याउन एमालेले बोलायो सचिवालय बैठक | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

वामदेवलाई पार्टीमा भित्र्याउन एमालेले बोलायो सचिवालय बैठक

२०८१,१०,८

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठकमा समसामयिक राजनीति र संसद्को हिउँदे अधिवेशनबारे छलफलका लागि दिउँसो ४ बजेका लागि बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

आजको बैठक अघि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा भित्र्याउने एमालेको तयारी छ। केही दिनअघि एमालेका शीर्ष नेतृत्वसँगको वार्तामा वामदेव एमाले जान तयार भएका छन्। उनलाई आजको बैठक अगाडि एमालेमा स्वागत गर्ने बुझिएको छ।

 

Leave a Reply