दाङ, ८ माघ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुकमा जनशक्ति प्रशस्त भएपनि दक्ष जनशक्तिको अभाव रहेको बताउनु भएको छ ।
तुलसीपुर बहुप्राविधिक शिक्षालयको बुधबार तुलसीपुर १२ हरिपौरा दाङमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सर्टिफिकेटमा नम्बर ल्याउने सोचमात्र नभई व्यवहारिक सीप पनि हासिल गर्नु पर्ने बताउनु भयो । व्यवहारिक सीपको अभावले मुलुकमा जनशक्ति प्रशस्त भएपनि दक्ष जनशक्तिको अभाव भएको बताउनु भयो ।
मुलुकमा शिक्षित नागरिकको कमी नभएको भन्दै उहाँले आधुनिक प्रबिधिलाई चलाउन सक्ने क्षमता भएका दक्ष नागरिकको उत्पादन गर्नतर्फ शिक्षण संस्थाहरुले ध्यान पु-याउनु पर्ने उल्लेख गर्नु भयो ।




