सहकारी संस्थामा विकृति र विसंगति मौलाउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सहकारी संस्थामा विकृति र विसंगति मौलाउँदै

sahakari_sastha

काठमाडौं, ६ माघ । सरकारले सहकारी संस्थाको नाममा ठगी गर्ने, बढी व्याज लिने र बचत रकम लिएर बेपत्ता हुनेहरु प्रति कडा कारबाही गर्ने प्रावधान गरेपनि ठगीको घटनामा कमी भएको छैन् ।

सहकारी संस्थामा आर्थिक अपचलनको मुद्दा बढ्दै गएपछि कडा नीति अख्तियार गरे पनि ठगीमा कमी नभएको सरोकारवालाहरुको भनाई छ ।

किसान, मजदुुर वा साना व्यवसायी तथा उपभोक्ताहरुले मिलेर उपभोग्य बस्तुको उत्पादन, वितरण गर्ने तथा पुुँजि र श्रम अनुुसार मुुनाफा बाँडिने संस्था हो सहकारी ।

सहकारी संस्थाहरुको मुुलभुुत उद्देश्य आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनुु हो । तर अहिले सहकारी संस्थामा विकृति तथा विसंगति मौलाइरहेको छ ।

सहकारीहरुले चर्को व्याज लिने तथा उपभोक्ताहरुले जम्मा गरेको पैसा लिएर भाग्ने गरेको कारण आमनागरिक समस्यामा पर्दै आएका छन् । पछिल्लो समय सहकारी संस्थाहरुबाट पैसा ठगीको गुुनासो आउने गरेको महानगर अपराध महाशाखाको भनाई छ ।

सहकारी संस्थाहरुले ठगी गरेको पाएमा मुलुकी अपराध ऐन बमोजिम कार्वाहीका लागि नियामक निकायले प्रकृया अघिबढाउन सक्ने सहकारी महासंघको तर्क छ । सहकारी संस्थाहरुको अनुगमन गरी गल्ती अनुसारको कार्वाही गरेकोे सहकारी विभागको दावी छ ।

नेपाल भरि ३४ हजार ५१२ सहकारी संस्थाहरु छन् । ती सहकारी संस्थाहरुमा ६३ लाख शेयर सदस्य छन् । सहकारी संस्थाको कुुल सेयर पुुँजी ७३ अर्ब र परिचालित बचत ३ खर्ब २ अर्ब पुुगेको छ ।

सहकारी संस्थाहरुले १६ प्रतिशत व्याज लिनुपर्नेमा २२ प्रतिशतसम्म व्याज लिने गरेको पाइन्छ । सिद्धान्त अनुुरुप सहकारी अघि बढ्न सकेमा गरिबी निवारण तथा दिगो विकासको लक्ष्य हासिल गर्नमा सहयोग पुग्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);