ग्रील व्यवसायी भन्छन् : नीति नियम पालना गरेर व्यवसाय गर्ने अवस्था छैन | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८३, बिहीबार

ग्रील व्यवसायी भन्छन् : नीति नियम पालना गरेर व्यवसाय गर्ने अवस्था छैन

grill bebasayi

काठमाडौं, ५ माघ ।  ग्रील तथा स्टील व्यवसायीहरुले अहिलेको अवस्थामा राज्यको नीति नियम पालना गरेर व्यवसाय गर्ने अवस्था नरहेको बताएका छन् ।

ग्रील तथा स्टील व्यवसायी संघ, काठमाडौंले आइतबार राजधानीमा गरेको एक कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अहिलेकै अवस्थामा रहेर काम गर्ने हो भने सरकारका नीति नियमहरु पालना गर्न नसक्ने बताउनुभएको हो ।

अध्यक्ष कटुवाललेसाना लघु घरेलु उद्योगको रुपमा रहेका ग्रील तथा स्टील व्यवसायीहरुले सरकारका नीति नियमको पालना गर्ने हो भने व्यवस्थापनमा समस्या हुने तथा पूँजीको अभाव हुने उल्लेख गर्नुभयो । उहाँले  ग्रील तथा स्टील व्यवसायलाई प्रतिस्प्रर्धी बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको र सरकारले त्यसमा अनुदान दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष कटुवालले प्रविधिमा अनुदान दिन महासंघले सरकारसँग प्रस्ताव लगेको जानकारी समेत दिनुभयो । उहाँले व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले बजारको व्यवस्था गर्नुपर्ने र सहुलियत दरमा कर्जा उपलब्ध गराउनुपर्ने समेत बाउनुभयो ।