एजेन्सी, ०१ माघ। इरानद्वारा आणविक सम्झौता अन्तर्गत विवाद समाधान गर्ने संयन्त्र निर्माणको विरोध, ठूला राष्ट्रहरुले एकलौटी ढंगबाट घोषणा गरिएको संयन्त्र मान्य नहुने भनाई ।
ठूला राष्ट्रहरुले एकलौटी ढंगबाट घोषणा गरिएको संयन्त्र मान्य नहुने इरानले यस्तो अभिब्यक्ति दिएको हो । युरोपेली राष्ट्रहरुले सम्झौतामा उल्लेख भएअनुसार आफ्ना प्रतिवद्धता पूरा गर्न इरानमाथि दवाव दिएका छन् । इरानले युनियनको निर्णयमा विस्वास गर्न नसक्ने प्रशस्त कानूनी आधारहरु रहेको बताउँदै आएको छ ।
युरोपियन युनियनको यो कदमले परमाणु सम्झौताको अन्त्य र तेहरानमा थप प्रतिवन्ध लगाउने अवस्था आउन सक्ने विश्लेषकहरुको आशंका छ । अमेरिकी सेनाको कारणहीमा केही दिनअघि इरानी सेनाका उच्च अधिकारी कासेम सोलेमानीको मृत्यु भएसँगै इरानले आणविक सम्झौता भंग भएको बताएको छ ।
यसअघि सन् २०१८ मै अमेरिकाले उक्त सम्झौता एकतर्फी रुपमा भंग भएको बताएको थियो ।




